आइतबार, कार्तिक १६ गते २०८३
images
images

राजकीय सम्मानका साथ गरियो पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि

एक्सप्रेस पाना
मंसिर ३, २०८१ सोमबार
  • 329
    SHARES
  • राजकीय सम्मानका साथ गरियो पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

    images

    नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । पूर्वसभामुख ढुंगानाको सम्मानमा १७ तोपको सलामी समेत दिइएको थियो । 

    कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो निधन भएको थियो ।

    images

    465885371_578640341226816_8854088139028745909_n.jpg

    462557047_1109117701219697_394341954802149788_n.jpg

    462557032_1088068836230685_4255765133874115044_n.jpg

    पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, सांसद, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # दमननाथ ढुंगाना
  • # पूर्वसभामुख