शनिबार, भाद्र २७ गते २०८३
images

आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव सुरु

एक्सप्रेस पाना
मंसिर ६, २०८१ बिहीबार
  • 265
    SHARES
  • आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव सुरु

    काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु हुँदैछ। 

    images

    ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ। महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंकालगायतका ९ देशका चलचित्र प्रदर्शन हुँदैछन्। महोत्सव बिहान ९ बजेदेखि शुरु हुनेछ ।

    महोत्सवका सहायक निर्देशक पवस मानन्धरका अनुसार यो वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको छ । त्यसैगरी उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र ,उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुनेछ ।  

    images

     

    कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थिति रहनेछ। महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी छ।