आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दोक्रमा

एक्सप्रेस पाना
मंसिर १२, २०८१ बुधबार
  • 432
    SHARES
  • काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दोक्रमा

    काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।

    images

    आज काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दोक्रम छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज संघीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने अनुमान गरेको छ ।

    विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    images

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका