काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने सस्तिएका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ११ पैसा छ भने बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ०६ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ३० र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा छ भने कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५३ पैसा छ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ११ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ७० पैसा छ।



