आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

एक्सप्रेस पाना
मंसिर १२, २०८१ बुधबार
  • 339
    SHARES
  • दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

    काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । 

    images

    सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले  प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।

    सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

    images

    आइतबार नै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

    सिआइबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं