बुधबार, भाद्र २४ गते २०८३
images

विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लोबल आईएमई बैंकको २० लाख सहयोग

एक्सप्रेस पाना
मंसिर १३, २०८१ बिहीबार
  • 270
    SHARES
  • विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लोबल आईएमई बैंकको २० लाख सहयोग

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

    images

    ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहबीच सहयोग हस्तान्तरण गरेकी हुन् । 

    कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यबाहक नगर प्रमुख सुवेदीले बताइन् । 

    images

    बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिइन् ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरू छनौट गरी काम गरिरहेको छ ।

    ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनि अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका २ विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आईएमई बैंक
  • # विद्युतीय शवदाह