काठमाडौं । गोरखा नगरपालिका–५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगर ४ सय ८६ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय दुई मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) की दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरेकी छन् ।
वि.सं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।


