बुधबार, भाद्र २४ गते २०८३
images

एनपिएल:जनकपुर बोल्ट्सविरूद्ध टस जितेर ब्याटिङ गर्दै कर्णाली याक्स

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 283
    SHARES
  • एनपिएल:जनकपुर बोल्ट्सविरूद्ध टस जितेर ब्याटिङ गर्दै कर्णाली याक्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

    images

    सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध टस जितेर कर्णालीले ब्याटिङ रोजेको हो ।

    जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । 

    images

    कर्णालीमा धवनले नेपालका तीव्र गतिका बलर सोमपाल कामीको कप्तानीमा खेल्नेछन् भने सोमपालसँगै गुल्सन झा, देव खनालसहितका नेपाली खेलाडी छन्।

    जनकपुरको कप्तान अनिलकुमार साह छन्। साहसँगै आसिफ शेख, ललित राजवंशी टोलीमा छन्। 

  • सम्बन्धित विषय:

  • # जनकपुर बोल्ट्स
  • # एनपिएल
  • # कर्णाली याक्स