असोज २१ काठमाडौं । मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुट्ने भएका छन् । मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पुर्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
बालुवाटारमा बस्ने बैठकमा सत्ता साझेदारी दलहरुहरु बीच मन्त्रालय भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।
वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४/४ मन्त्रालय लिने सहमति भएको थियो । तर, एक नेताका अनुसार आजको बैठकमा केही मन्त्रालय हेरफेरका विषयमा पनि छलफल बताइएको छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकरएक राज्यमन्त्री पनि पाउनेछ । माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
.jpg)


