काठमाडौं । मंगलबार कीर्तिपुर नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।
.jpg)


