काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहितका मुद्रा भने सस्तिएका छन्।
राष्ट्र बैंकका अनुसार ले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०७ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३२ पैसा छ भने बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ६६ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६५ र बिक्रीदर ८७ रुपैयाँ ०३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ २२ र बिक्रीदर ८७ रुपैयाँ ६१ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५१पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४६ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६२ पैसा छ।



