काठमाडौं । शनिबार बिहान काठमाडौं उपत्यकामा यो वर्षकै बढी चिसो महशुस गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो ।
शनिबार बिहान तराईका केही भू-भागमा हुस्सु लागेको थियो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परेको थियो।
काठमाडौंलगायत देशैभरि चिसो क्रमशः बढ्दै गएको छ । यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो ।
आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो भू-भागको मौसम सामान्यतया सफा नै रहने महाशाखाको भनाइ छ। आज देशमा पश्चिमी वायुको प्रभाव पनि सामान्य रहेकाले दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदलीको सम्भावना छ।
.jpg)


