काठमाडौं । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने पेट्रोलको मुल्य बढाएको छ ।
निगमको आइतबार बसेको संचालकसमितिको बैठकले पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । त्यस्तै डिजल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागि हुने गरी मूल्य बढाइएको जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको मुल्य प्रति लिटर १६२ रुपैयाँ भएको छ ।
त्यस्तै डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्नेछ ।

.jpg)


