आइतबार, भाद्र २८ गते २०८३
images

थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु 

एक्सप्रेस पाना
श्रावण ४, २०७८ सोमबार
  • 391
    SHARES
  • थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु 

    बितेको २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images


    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१  जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । हालसम्म संक्रमित निको हुने दर ९४।७ प्रतिशत रहेको छ ।