काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘बसन्त’को सम्पूर्ण छायांकन सकिएको छ । ३८ दिनमा चलचित्रको सम्पूर्ण छायांकन प्याकअप गरिएको निर्माण टिमले जनाएको छ ।
चलचित्र आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ ।
चलचित्रमा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् ।


