काठमाडौं । शक्ति समूहकी संस्थापक तथा मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन भएको छ । दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
आज बिहान उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको पारिवारिक स्रोतले जनाएको छ । श्रीमानले बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्युको कारण खुल्न भने बाँकी छ ।
उनी अहिले मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् । दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा सम्मानित भएकी थिइन् । उनी विभिन्न अन्तराष्ट्रिय पुरस्कर प्राप्त गरेकी छन् ।
पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर बेचबिखन विरुद्ध क्रियाशील थिइन् ।
.jpg)


