आइतबार, कार्तिक १६ गते २०८३
images
images

नवनियुक्त पाँच जना राजदूतले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 295
    SHARES
  • नवनियुक्त पाँच जना राजदूतले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    images

    सोमबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    रुसीका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, बेलायतका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष शपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

    images

    त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजदूत