बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 340
    SHARES
  • नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता
    काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच सम्झौता भएको छ । 
     
    नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
     
    सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरुलाई २५ प्रतिशतले छुट हुने भएकोे छ ।
     
     उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी  र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि को तर्फबाट अध्यक्ष श्री दया सागर साहले हस्ताक्षर गरेका हुन् ।
     
    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
     
     
                     
      

     

    images

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक
  • # काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर