आइतबार, भाद्र २८ गते २०८३
images

विदेशिएका जनशक्तिलाई फर्काउने बिषयमा सम्मेलन प्रभावकारी हुनेछ:स्वास्थ्यमन्त्री पौडेल

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 210
    SHARES
  • विदेशिएका जनशक्तिलाई फर्काउने बिषयमा सम्मेलन प्रभावकारी हुनेछ:स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताएका छन् ।

    images

    बिहिबारदेखि सुरु भएको नेपाल स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताएका हुन् ।

    मन्त्री पौडेलले विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे।

    images

    उनले भने,"उत्पादन भएका जनशक्तिलाई कसरी टिकाउन सकिन्छ भन्ने चुनौती छँदैछ, त्यसमाथि विदेशिएका जनशक्तिको दक्षता र अनुभवलाई कसरी उपयोग गर्ने र जोड्ने भन्ने चुनौती छ’, ।‘यो सम्मेलनमार्फत यसको विकल्प र योजनाका बारेमा छलफल भई निष्कर्ष निस्कन्छ भन्ने विश्वास छ ।’ ‘विदेशमा रहेर पनि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनेसँग समन्वय अभावमा समस्या कहाँ छ ? फर्किएर नेपाल आउन के समस्या छ ? उहाँहरूको दक्षतालाई प्रयोग गर्न किन समस्या भयो ? यी विविध समस्याको पहिचान सम्मेलनले गर्ने आशा छ ।"

     

  • सम्बन्धित विषय:

  • # प्रदीप पौडेल