बुधबार, भाद्र २४ गते २०८३
images

प्रभु बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल हस्पिटल र विभान्ता डेन्टल हस्पिटलमा  विशेष छुट

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 285
    SHARES
  • प्रभु बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल हस्पिटल र विभान्ता डेन्टल हस्पिटलमा  विशेष छुट

    काठमाडौं । काठमाडौँ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पिटल प्रा.लि.तथा काठमाडौँ महानगरपालिका,वाड नं ०४, धुम्बाराही स्थित हिमाल डेन्टल हस्पिटल प्रा.लि.र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित डेन्टल हस्पिटल प्रा.लि.को दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images

    प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले २० प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलमा प्राप्त गर्न सकिनेछ ।

    सम्झौता–पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सबिन राणाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

    images

     

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक
  • # हिमाल डेन्टल हस्पिटल
  • # विभान्ता डेन्टल हस्पिटल