सोमबार, कार्तिक १७ गते २०८३
images
images

भारत र चीनबीच लिपुलेकका विषयमा भएको पछिल्लो सहमतिबाट नेपालले चिन्ता लिनु पर्दैन:प्रवक्ता गुरुङ

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 354
    SHARES
  • भारत र चीनबीच लिपुलेकका विषयमा भएको पछिल्लो सहमतिबाट नेपालले चिन्ता लिनु पर्दैन:प्रवक्ता गुरुङ

    काठमाडौं । सरकारले भारत र चीनबीच लिपुलेकका विषयमा भएको पछिल्लो सहमतिबाट नेपालले चिन्ता लिनु नपर्ने निष्कर्ष निकालेको छ ।

    images

    बिहिबार मन्त्रिपरिषद्को बैठकमा यसबारे लामो छलफल भएको र चिन्ता लिनुपर्ने विषय नभएको निष्कर्ष निकालिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका हुन् ।

    बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले चिनियाँ विदेशमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबिच भएको सहमतिले हाम्रो सार्वभौमसत्तामा कुनै असर नगर्ने भएकाले चिन्ता लिनु नपर्ने बताए । 

    images

    मन्त्री गुरुङले भने, ‘चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालबीच लिपुलेकका विषयमा पछिल्लो पटक भएको भनिएको सहमतिबारे लामो छलफल भयो, त्यसले हाम्रो सार्वभौमसत्तामा कुनै असर नगर्ने भएकाले चिन्ता लिनु नपर्ने निष्कर्ष निस्कियो ।’

    डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच पुस ३ गते बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवर यात्रा फेरि सुरुवात गर्ने सहमति भएको थियो ।

    कोभिड महामारीको समयदेखि भारतीय भूमिबाट स्थगित भएको कैलाश यात्रा दुई देशले पुनः सुरु गर्ने सहमति गरेपनि नेपालसँग कुनै सरसल्लाह भएको छैन ।

     

  • सम्बन्धित विषय:

  • # पृथ्वी सुब्बा गुरुङ