आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसम:देशका अधिकांश स्थानमा हिमपातसहित वर्षाको सम्भावना

एक्सप्रेस पाना
पौष १२, २०८१ शुक्रबार
  • 308
    SHARES
  • आजको मौसम:देशका अधिकांश स्थानमा हिमपातसहित वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।

    images

    विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

    विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान हल्का हिमपात हुने जनाएको छ । बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भूभागमा हल्का वर्षा हुने विभागको भनाइ छ ।

    images

    शनिबार पनि देशका अधिकांश स्थानमा हल्लका वर्षाको सम्भावना रहेको छ । ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ,’ विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम