शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त

एक्सप्रेस पाना
पौष १२, २०८१ शुक्रबार
  • 240
    SHARES
  • चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त

    काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ ।

    images

    शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको हो ।

    चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए । चलचित्रमा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    images

    मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रको निर्माता सन्तोष गौतम हुन् ।

     

  • सम्बन्धित विषय:

  • # ‘जन्ते बाख्रो