मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले बोलायो केन्द्रिय समितिको विस्तारित बैठक

एक्सप्रेस पाना
पौष १२, २०८१ शुक्रबार
  • 364
    SHARES
  • रास्वपाले बोलायो केन्द्रिय समितिको विस्तारित बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको विस्तारित बैठक यही पुष १९,२० र २१ गते बस्ने भएको छ ।

    images

    शुक्रवार बसेको रास्वपाको सचिवालय बैठकले केन्द्रिय समितिको विस्तारित बैठक यही पुष १९,२० र २१ गते बस्ने निर्णय गरेको हो । 

    बैठकले केन्द्रीय विभाग तथा आयोगमा सदस्यहरु मनोनीत गर्ने निर्णय समेत गरेको छ ।

    images

    त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङ घर भएका अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरिएको प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    त्यस्तै, कैन्द्रीय संगठन विभागमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहाका डा. विमल तिवारीलाई मनोनीत गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा