काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज बजार २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
आज ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँको कारोबार हुदाँ ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन।
आज महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो भने सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशत घटेको छ ।


