आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवा सरकारको मन्त्रिपरिषद् : २४ प्रतिशत महिला, २८ प्रतिशत जनजाति, २० प्रतिशत मधेसी, ४ प्रतिशत दलित

एक्सप्रेस पाना
आश्विन २२, २०७८ शुक्रबार
  • 329
    SHARES
  • देउवा सरकारको मन्त्रिपरिषद् : २४ प्रतिशत महिला, २८ प्रतिशत जनजाति, २० प्रतिशत मधेसी, ४ प्रतिशत दलित

    असोज २२ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो ।

    images

    देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन् । जसमा पाँच मन्त्री र एक राज्यमन्त्री छन् । माओवादी केन्द्रले पम्फा भुसाल र शशी श्रेष्ठलाई मन्त्री तथा बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाएको छ । 

    कांग्रेसबाट उमा रेग्मी, जसपाबाट रेणुकुमारी यादव र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री मन्त्री भएका छन् । देउवा सरकारमा २४ प्रतिशत महिलाको सहभागिता रहेको छ । 

    images

    यस्तै, सरकारमा जनजाति समुदायबाट मन्त्री बन्नेको संख्या २८ प्रतिशत छ । आदिवासी जनजातिबाट शशी श्रेष्ठ, उमेश श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम बहादुर आले, कृष्णकुमार श्रेष्ठ र भवानीप्रसाद खापुङ मन्त्री बनेका छन् ।

    यस्तै, मधेसी समुदायबाट उमाकान्त चौधरी, महिन्द्र राय यादव, रेणुकुमारी यादव, बोधमायाकुमारी यादव मन्त्री बनेका छन् । दलितबाट एकजना मात्र मन्त्री बनेका छन् । महेश्‍वरजंग गहतराज माओवादी केन्द्रबाट युवा तथा खेलकुद मन्त्री बनेका छन् ।