काठमाडौं । श्रीलंकाका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
आइतबार सिंहदरबारमा बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलंकाको आवासीय र माल्दिभ्सको लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।
बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रूपमा नेपालीको नाम अनुमोदन गरेको जानकारी दिएकी हुन् ।
सरकारले गत मंसिर १६ गते नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूतमा उनको नाम सिफारिस गरेको थियो।
.jpg)


