सोमबार, कार्तिक १७ गते २०८३
images
images

गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउन आवश्यक छ:सभापति देउवा

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 281
    SHARES
  • गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउन आवश्यक छ:सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन् । 

    images

    मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताएका हुन् । उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए । 

    उनले भने,‘आजको जुन यो गणतन्त्र छ यसलाई सफल पार्न र अझै विश्वसनिय बनाउनका लागि सबैको कर्तव्य हो । मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ । र यसलाई अझै सुदृढ बनाउन आवश्यक छ ।’ 

    images

    त्यस्तै कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताए ।

    उनले भने,‘नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण जनताको अधिकारको लागि गरेको संघर्षको कारण आज नेपाली राजनीति यहाँसम्म पुगेको छ । आधुनिक नेपालको राजनीतिक जग बनाउने काम नेपाली कांग्रेसको नेतृत्वले नै बनेको छ ।’