बुधबार, भाद्र २४ गते २०८३
images

रवि लामिछानसहित ७ जनाको सकियो बयान,थुनछेक बहस सुरु

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 304
    SHARES
  • रवि लामिछानसहित ७ जनाको सकियो बयान,थुनछेक बहस सुरु

    काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानसहित ७ जनाको मुद्दामा बयान सकिएको छ ।

    images

    न्यायाधीश नीतिज राईको इजलासमा रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको हो ।

    मङ्गलबार सबै प्रतिवादीको बयान सकिए लगत्तै थुनछेक बहस सुरु भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

    images

    उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले पुस ५ गते सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि थप अभियोग दर्ता गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # थुनछेक बहस