मंगलबार, कार्तिक १८ गते २०८३
images
images

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 526
    SHARES
  • निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    images

    मंगलबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।

    निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको छ । ।

    images

    खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

    p-1735655332 (1).jpg