आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु

एक्सप्रेस पाना
पौष १७, २०८१ बुधबार
  • 282
    SHARES
  • आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु

    काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालसहित विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेको छ ।

    images

    इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

    नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा जमघट भएर नयाँ वर्ष मनाइरहेका छन् । विश्वभर नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेर नयाँ बर्ष मनाइदै छ ।

    images

    काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा  मंगलबार बेलुकी नै ‘न्यू इयर इभ’ को रुपमा विशेष चहलपहल देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # नयाँ वर्ष