मंगलबार, भाद्र २३ गते २०८३
images

सहकारी ठगीमा जो कोहि देखिए पनि अनुसन्धानका लागि कठघरमा उभ्याइनुपर्छ:गगन थापा

एक्सप्रेस पाना
पौष १७, २०८१ बुधबार
  • 257
    SHARES
  • सहकारी ठगीमा जो कोहि देखिए पनि अनुसन्धानका लागि कठघरमा उभ्याइनुपर्छ:गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न जो कोहिलाई पनि पाता कसेर कानुनी कठघरमा उभ्याईनुपर्ने बताएका छन्  । 

    images

    ४९ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले गरेको कार्यक्रममा बोल्दै थापाले कानुन सबैलाई बराबर हुने भन्दै कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका हुन् ।

    उनले कानुनले उच्चपदस्त र आम नागरिकलाई समान व्यवहार गर्नुपर्ने भन्दै सहकारी ठगीमा जो कोहि, जति शक्तिशालीहरु देखा परेपनि कानुनले समान व्यवहार गर्नुपर्ने धारणा ब्यक्त गरे ।

    images

    थापाले भने, ‘यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानु ।’‘सहकारीको पैसा लगेर महिना आठ–दश लाख रुपैयाँ तलब खाएर लुटपाट गर्‍यो भने प्रहरीले के गर्छ ? हाम्रो बोलिचालिको भाषामा पाता फर्काएर लिएर जान्छ । त्यही होइन कानुनको शासन भनेको ?’

    त्यसैगरी थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए । उनले भने,‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’

  • सम्बन्धित विषय:

  • # गगन थापा