आइतबार, कार्तिक १६ गते २०८३
images
images

यसरी मनाइयो वसन्तपुरमा १२ औं नेपाली टोपी दिवस

एक्सप्रेस पाना
पौष १७, २०८१ बुधबार
  • 294
    SHARES
  • यसरी मनाइयो वसन्तपुरमा १२ औं नेपाली टोपी दिवस

    काठमाडौं । जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ ।

    images

    अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधवार काठमाडौंको बसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।

    कार्यक्रमलाई सम्वोधन गर्दै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे । 

    images

    Photos (3).jpg

    अर्का अभियन्ता रामजी बलामीले नेपाली टोपी विश्व समुदाय माझ परिचित रहेकाले नेपालको पहिचान पनि भएको बताए । बलामीले सबै सांस्कृतिक पोशाकको प्रवद्र्धन गर्नुपर्ने भन्दै नेपाली टोपीको थप प्रवद्र्धनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

    Photos (2).jpg

    त्यसैगरी अभियन्ता जनार्जन पौडेलले नेपाली टोपीले हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने भएकाले यो सबै नेपालीको साझा चिनारी भएको बताए । पौडेलले अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिन सो दिन अन्तर्राष्टिय टोपी दिवस मनाउन थालिएको बताए ।

    Photos (4).jpg

    कार्यक्रममा बालकदेखि बृद्धसम्म र युवायुवतीहरुको बाक्लो उपस्थिति थियो । जागरुक युवा अभियान नेपालले नेपाली टोपीको संरक्षण र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाउदै आएको छ ।

     

  • सम्बन्धित विषय:

  • # टोपी दिवस