मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सामान्य अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
पौष १७, २०८१ बुधबार
  • 356
    SHARES
  • बुधबार सामान्य अंकले बढ्यो सेयर बजार

    काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार आज सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ५.१० अंकले बढेर २५८१.६० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ। १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ। ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। 

    images

    आज त्रिशूली जलविद्युत कम्पनी लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ । 

    त्यसैगरी आज भने सपोर्ट माइक्रोफाइनान्सको सेयर मुल्य १० प्रतिशतले घटेको छ । 

     

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से