सोमबार, कार्तिक १७ गते २०८३
images
images

शेरा दरबारको जग्गा कानूनविपरीत छ भने फिर्ता ल्याइयोस् :अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
पौष १८, २०८१ बिहीबार
  • 339
    SHARES
  • शेरा दरबारको जग्गा कानूनविपरीत छ भने फिर्ता ल्याइयोस् :अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

    images

    बिहीबार राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठकमा बोल्दै शेरा दरबारको जग्गा कानूनविपरीत छ भने फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका हुन् । प्रचण्डले दोषी जो सुकै भएपनि कारबाही गरिनुपर्ने बताए ।

    उनले भने, ‘शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, ’”जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस् ।”

    images

    बैठकमा एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे राखेको जिज्ञासामा प्रचण्डले यस्तो बताएका हुन् ।

    यसअघि १५ पुषमा झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारको जग्गासँग जोडेकोप्रति आपत्ति जनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # शेरा दरबार