काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार बढेसंगै आज कारोबार रकम पनि सामान्य बढेको छ । ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँको कारोबार भएको बजारमा १५६ कम्पनीको सेयर मूल्य बढेको छ। ७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आज न्यादी हाइड्रोपावर लिमिटेडले सकरात्मक सर्टिक लागेको छ भने सामुदायिक लघुवित्तको ९.९, सप्तकोशी विकास बैंकको ९.९, सिन्धु विकास बैंकको ९.७९ तथा सुपरमादी हाइड्रोपावरको ९.६, ग्रीन डेभलपमेन्ट बैंकको ९.२, कर्पोरेट डेभलपमेन्ट बैंकके ९ प्रतिशतले बढेको छ ।


