काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिल पोखरेललाई जिम्मेवारीबाट निष्कासन गरेका छन् ।
पोखरेलविरुद्ध ठगी आरोपमा उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको र अनुसन्धानमा सघाउन भन्दै उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरिएको पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भ्रष्ट्राचार जन्य क्रियाकलापमा संलग्न जो कोहीमाथि निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाही हुनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको सभापति पोखरेलले बताएका छन् ।
अनिल पोखरेलविरुद्ध एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

.jpg)


