मंगलबार, भाद्र २३ गते २०८३
images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन

एक्सप्रेस पाना
पौष २१, २०८१ आइतबार
  • 329
    SHARES
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । 

    images

    कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा विक्री  खुला गरेको हो ।

    कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएकोमा यसअघि नै १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

    images

    आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि पुस २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अविधिमा माग बमोजिम आवेदन नपरेमा माघ  ५ गतेसम्म आवेदन दिने समय थप गरिने समेत कम्पनीले जनाएको छ ।

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कम्पनीको उक्त शेयर खरिद गर्न इच्छुकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # आईपीओ