काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकिय पक्ष कमजोर रहेको बताएका छन् ।
सोमबार कान्ति बाल अस्पतालको ६३ औँ बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि रहेको बताएका हुन् । उनले आवश्यक पर्ने जनशक्ति उपलब्ध नभउको उल्लेख गर्दै भौतिक पूर्वाधार व्यवस्थित नभएको बताए ।
उनले भने,"कान्ति बाल अस्पतालमा राम्रो उपचार हुन्छ यो सत्य हो । यहाँ जती पनि टिकाटिप्णी बाहिर भइरहेको हुन्छन् त्यो सबै सत्य होइन । यसमा व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि छ । र यसमा आवश्यक पर्ने जनशक्ति उपलब्ध छैन् । उपकरण उपलब्ध छैन । भौतिक पूर्वाधार व्यवस्थित छैन । यहाँ काम गर्नेहरुले अन्तजती सेवा सुविधा प्राप्त गर्नु भएको छैन ।"
मन्त्री पौडेलले भौतिक पूर्वाधार उपलब्ध गराउन मन्त्रालय तयार भए पनि राज्यसँग क्षमता नभएको बताए । उपलब्ध स्रोत साधनभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ त्यसमा सबैले सहकार्य गर्न आवश्यक रहेको उनको भनाई थियो ।


