शनिबार, भाद्र २७ गते २०८३
images

सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

एक्सप्रेस पाना
पौष २३, २०८१ मंगलबार
  • 297
    SHARES
  • सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

    काठमाडौं । रामेछापका सात हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने भएको छ ।

    images

    राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरी समेत गरी ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिए ।

    छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमनपापिलोमा भाइरस विरुद्धको खोप लगाइने उनले बताए ।

    images

    खोप कार्यक्रम दोस्रो चरणमा सञ्चालन हुने भएको छ । पहिलो चरण अन्तर्गत माघ २२ देखि २४ गतेसम्म मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुुङ गाउँपालिका र सुनापती गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भएको छ ।

    दोस्रो चरणको खोप माघ २८ देखी ३० गतेसम्म सञ्चालन हुने छ ।दोस्रो चरणमा रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।
    सुरुमा विद्यालयमै खोप केन्द्र सञ्चालन गरी किशोरीहरूलाई खोप लगाइने र अभियानको अन्तिम दिन नजिकको स्वास्थ्य संस्थाबाट खोप उपलब्ध कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पाठेघरको मुखको क्यान्सर