मंगलबार, भाद्र २३ गते २०८३
images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

एक्सप्रेस पाना
पौष २४, २०८१ बुधबार
  • 307
    SHARES
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    images

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २१ गतेदेखी आइपीओ बिक्री खुला गरेको हो। यो आइपीओमा बुधबार बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा विक्री  खुला गरेको हो ।

    images

    कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएकोमा यसअघि नै १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

    आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिने छ । 

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कम्पनीको उक्त शेयर खरिद गर्न इच्छुकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स