आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक,पारित भए ६ वटा प्रस्ताव

एक्सप्रेस पाना
पौष २४, २०८१ बुधबार
  • 300
    SHARES
  • राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक,पारित भए ६ वटा प्रस्ताव

    काठमाडौं । राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। 

    images

    बुधबार एक  विशेष कार्यक्रमकाबीच  बिमा कम्पनीले आफ्नो वार्षिक साधारण सभामा दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । दोस्रो वार्षिक प्रतिवेदनमा ६ वटा सामान्य प्रस्तावहरु पारित भएका छन् । 

    यस्ता छन् ६ वटा सामान्य प्रस्तावहरु 
    (१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित भएको छ ।
    (२) राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित ।
    (३) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक बर्ष २०७४/७५ को नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गर्ने ।
    (४) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक सर्मथन गर्ने ।
    (५) सञ्चालकहरूको आर्थिक वर्ष २०७३/२०७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधाहरू अनुमोदन ।
    (६) सञ्चालकहरूको बैठक भत्ता रु. ६,००० तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक रु १२,००० प्रदान गर्न स्वीकृत ।

    images

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय बिमा कम्पनी
  • # वार्षिक प्रतिवेदन