काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार १८.१४ अंकले घटेर२६३५.०९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
बिहिबार ५५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १८० कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।


