मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाल बैंक लिमिटेड र बुद्ध एयरबीच सम्झौता

एक्सप्रेस पाना
पौष २६, २०८१ शुक्रबार
  • 280
    SHARES
  • नेपाल बैंक लिमिटेड र बुद्ध एयरबीच सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेड र बुद्ध एयरबिच सम्झौता भएको छ ।  

    images

    बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई टिकट शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई कार्गो सेवामा ३० प्रतिशतले छुट हुने भएकोे छ ।

    images

    सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका हुन्।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुने अपेक्षा गरीएको छ । 

     

     

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक
  • # बुद्ध एयर