सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम गर्नेे

एक्सप्रेस पाना
पौष २८, २०८१ आइतबार
  • 189
    SHARES
  • कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम गर्नेे

    काठमाडौं । नेपाली कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्नेे भएको छ । 

    images

    आइतबार सूचना जारी गर्दै कांग्रेसले शिक्षा नीति बहस अन्तर्गत, माघ २ गते बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयको सभाहलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो । 

    सूचनामा भनिएको छ,"अहिले संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथासिघ्र टुंगोमा पुयाउन राजनीतिक सहमति निर्माण गर्न आवश्यक छ। विधेयकमा रहेका जटिलताहरूलाई सम्बोधन गर्दै यसलाई अझ प्रभावकारी बनाउने दिशामा विज्ञ र सरोकारवालाको अमूल्य राय र सुझावको आवश्यकता रहेको छ। त्यसै सन्दर्भमा शिक्षा नीति बहस अन्तर्गत, २ माघ २०८१ बिहान ११ः३० बजे, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सभाहलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम आयोजिना गरिने छ"

    images

    शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला नीति र प्राथमिकतामा पनि रुपान्तरण महसुश गरेको कांग्रेसले जनाएको छ ।