बुधबार, भाद्र २४ गते २०८३
images

बिहिबार ७.३३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 296
    SHARES
  • बिहिबार ७.३३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ७.३३ अंकले घटेर २५८८.६२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । 

    बिहिबार ८८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    बिहिबार बोटलर्स नेपाल लिमिटेड र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी दुई कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको हो । 

    त्यसैगरी आज पोखरा फाइनान्स लिमिटेड सबै भन्दा बढि घटेको छ । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार