मंगलबार, भाद्र २३ गते २०८३
images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँट हुने

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 389
    SHARES
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँट हुने

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आइतबार अर्थात माघ ६ गते बाँडफाँट हुने भएको छ ।

    images

    आईपीओको प्रि अलोटमेन्ट भने यही माघ २ गते सम्पन्न भइसकेकाले आइतवार बिहान बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रबन्धक कुमारी क्यापिटले जनाएको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा मागभन्दा १३ दशमलव ६६ गुणा बढी आवेदन परेको छ ।

    धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको शेयर शुरुमा १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्छ । यसको आधारमा आईपीओ गोला प्रथाद्धारा बाँडफाट हुनेछ । 

    images

    कम्पनीको आईपीओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् ।  अनलाइन प्रणाली मेरो शेयरमार्फत कम्पनीको आईपीओमा आवेदन परेको हो ।

    कम्पनीको आईपीओ बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाउने छन्  । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो ।

  • सम्बन्धित विषय:

  • # गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
  • # आईपीओ