मंगलबार, भाद्र २३ गते २०८३
images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट

एक्सप्रेस पाना
माघ ६, २०८१ आइतबार
  • 304
    SHARES
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

    images

    आइतबार कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरीमा आईपीओ बाँडफाँट भएको हो।

    कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन तथा बिक्री गरेको थियो। १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए।

    images

    कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

  • सम्बन्धित विषय:

  • # आईपीओ