मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार १२.५८ अंकले बढ्यो सेयर बजार,६ अर्ब २५ करोड ७२ लाखको कारोबार

एक्सप्रेस पाना
माघ ६, २०८१ आइतबार
  • 377
    SHARES
  • आइतबार १२.५८ अंकले बढ्यो सेयर बजार,६ अर्ब २५ करोड ७२ लाखको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार १२.५८ अंकले बढेर २६०१.२१को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे संगै आइतबार कारोबार रकम पनि बढेको छ । ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको बजारमा १७१ कम्पनीको सेयर मूल्य बढेको छ। ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    आइतबार पनि बोटलर्स नेपालले सकारात्मक सर्किट हानेको छ । बिहिबार पनि १० प्रतिशतले बढेको यस कम्पनीको सेयर मुल्य आज पनि १० प्रतिशतले बढेको हो । 

    त्यसैगरी आज सुपर मादी हाइड्रोपावरको सेयर मुल्य सबै भन्दा बढि घटेको छ । आज यस कम्पनीको सेयर मुल्य १० प्रतिशतले घटेको हो । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से