बुधबार, भाद्र २४ गते २०८३
images

दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकले कमायो ३ अर्ब नाफा

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 320
    SHARES
  • दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकले कमायो ३ अर्ब नाफा

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफामा ४९.५१ प्रतिशतको वृद्धि भएको छ ।

    images

    सोमबार आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यो त्रैमासमा ३.०५ अर्ब खुद नाफा कमाएको जनाएको हो ।

    गत वर्षको पुस मसान्तमा २ अर्ब ४ करोड बैंकको नाफा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५ करोड पुगेको हो ।

    images

    बैंकले रु ३८.११ अर्ब चुक्ता पुँजी र रु २६.५२ अर्बको जगेडा कोष कायम गरेको छ। साथै, बैंकले रु २.६४ अर्ब वितरणयोग्य नाफा भएको जानकारी दिएको छ।

    दोस्रो त्रैमासमा बैंकको कुल निक्षेप रु ५.१३ खर्ब पुगेको छ भने कर्जा प्रवाह रु ४ खर्ब पुगेको छ। यद्यपि, बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशतले घट्दै रु ८.२९ अर्बमा सीमित भएको छ। त्यसैगरी, सञ्चालन मुनाफा भने बढेर रु ४.२० अर्ब पुगेको छ।

    बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.०२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रु १६९.५८ कायम भएको छ। तर, खराब कर्जा अनुपात ४.८६५ मा पुगेको छ, जसले बैंकका ऋण व्यवस्थापनमा केही दबाब देखाएको छ।

     

     

  • सम्बन्धित विषय:

  • # ग्लोबल आईएमई बैंक